काठमाडौं । सामान्यतया मानिसहरुलाई लिची खुबै मनपर्छ । तर जुन कुरा पनि आवश्यकक्ता भन्दा धेरै खायो भने असर गर्छ । यहाँ सम्मकी ज्यानै जानसक्ने खत्तरा समेत्त हुने गर्छ । भारतमा विगत दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो । दिउँसोभरि खेलिरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे ।

स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए । के कारणले बच्चाको मृत्यु भएको हो भन्ने कुरा पत्ता लाग्न सकेको थिएन । तर, एउटा खोजले ती बालबालिकाको मृत्युको कारण पत्ता लगाएको छ । अमेरिकी र भारतीय चिकित्सकहरु सम्मिलित अनुसन्धान टोलीले ती बालबालिकाको मृत्युको कारण लिचीलाई मानेको छ ।

अनुसन्धान प्रतिवेदनमा खालि पेटमा बच्चाहरुले खाने गरेको लिची नै उनीहरुको मृत्युको कारण भएको खुलासा भएको छ । खासगरी लिची फल्ने महिना मे देखि जुलाईसम्ममा ती बालबालिकाको मृत्यु हुने गरेको थियो । दुई दशकदेखि बिहार मुजफ्फरपुर क्षेत्रका बालबालिकामा देखिएको रातिको समयमा अकस्मात ढलेर बेहोस हुने र कतिपयको मृत्यु हुने क्रम अझै पनि अन्त्य भने भएको छैन ।

तथापि सन् २०१४ मा गरिएको अनुसन्धानपछि भने मृत्युको घटनामा कमी आएको छ । अनुसन्धान अनुसार ती बालबालिका खालि पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए । लिचीमा पाइने विषालू तत्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो । लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिन्छ ।

अभावका कारण गरिब क्षेत्रका ती बालबालिकाले बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने बालबालिका ग्लुकोजको कमीका कारण बेहोस हुने गर्थे र अहिले पनि यस्तो समस्या छ । यो खबरलाई सक्दो सेयर गर्नुहोला ताकि नेपालमा पनि कसैले आफ्नो सन्तान गुमाउनु नपरोस् ।