इटहरी,६ माघ । गत बर्षको एसइइमा शतप्रतिशत नतिजा निकाल्न सफल सुनसरीको इटहरीमा रहेको जनता माध्यामिक विधालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउन पहल सुरु गरिएको छ ।  शुक्रबार विधालयको व्यावास्थापन समिती,शिक्षक र कर्मचारीबीच बसेको अर्द्ध -वार्षिक समिक्षा बैठकले यस्तो निर्णय गरेको हो ।

"सामुदायीक विद्यालय सुधारमा हाम्रो अभियान,जनता मावि इटहरी हाम्रो गौरव,हाम्रो शान "मुल नारा सहित विद्यालयलाइ देशकै उत्कृष्ट विद्यालय बनाउने संकल्पका साथ आवश्यक समिक्षा र योजना सहितको बैठकबाट निर्णय गरिएको विधालयको व्यवस्थापन समितीका अध्यक्ष काशिनाथ दंगालले जानकारी दिए ।विधालयलले  माघ १२ गते देखि सरस्वती पूजाको अवसर पारेर आगामी शैक्षिक सत्रकालागि प्रवेश परिक्षा फारम वितरण सुरु गर्ने अध्यक्ष दंगालले बताए । 

326434845_1187386208811851_1975214956539345586_nउक्त विधालयबाट गत बर्ष २८७ जना विद्यार्थीले एसइइ उत्तीर्ण गरेका थिए भने पास हुने विद्यार्थीमध्ये ३९ जनाले ए प्लस र ८२ जनाले ए ग्रेड ल्याएका थिए । जनता माविले नै प्रदेश १ मा यति धेरै विद्यार्थी पास गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले दावी गरेका थिए । 

पूर्वकै नाम चलेको उक्त सरकारी विद्यालयाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रानलयले सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनौट गरेको थियो । विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया पाएको थियो ।

326535123_705568617679205_476002875662491701_nपछिल्लो चार वर्षमा जनता मावि नमूना विद्यालयको रुपमा दरिएको छ । यहाँ निजी विद्यालयहरुबाट अध्ययन गराउन विद्यार्थीहरु ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । 

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बीचमा शैक्षिक अवस्था कमजोर मात्र नभई विद्यार्थीहरु समेत घटदोक्रममा रहेको थियो । केही समय यता काशीनाथ दंगालको नेतृत्वमा विद्यालय सुधारहुदैं आएको हो । 

कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरी कै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको विद्यालयले दाबी गरेको छ । 

आगामी वर्षबाट प्राविधीक धार साथै कानुन र पत्रकारिता पनी कक्षा ११ मा पठन पाठनको तयारी गरेको अध्यक्ष दंगालले बताए । 

अध्यक्ष दंगाल भन्छन–‘विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका बाँकी सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको छ । यसको निरन्तरताका लागि हाम्रो प्रयास जारी रहने छ ।’