इटहरी,१२ माघ  l इटहरीका एक दम्पत्तीले जनता माविमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । मेहरमान बस्नेत र उनकी श्रीमती अम्बिका बस्नेतले एक लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

आमा बुवा तथा बाजे बज्यैको सम्झनामा विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरेको मेहरमान बस्नेतले बताए । 

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको उपस्थितीमा आज श्रीपंचमीको दिन रकम हस्तान्तरण गरिएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।

327666638_862114555000632_2575601318190510612_n