काठमाडौं,२० माघ। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले सडक दुर्घटनाका कारण अस्पतालमा पुगेको र सबै रिपोर्ट सामान्य रहेको जनाएका छन् ।

उनलाई सिभिल अवस्पतालमा भर्ना गरिए थियो । नेता भुसालले सामाजिक सन्जालमा स्टाटस लेख्दै आफू सकुशल रहेको र सबै रिपोर्ट सामान्य रहेको जानकारी दिए । उनले चासो र चिन्ता गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

शुक्रबार बिहान बबरमहल हुँदै शान्तिनगरस्थित पार्टी कार्यालयतर्फ जानेक्रममा उनी सवार गाडी नयाँ बानेश्वरस्थित सडकमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

आफैँले गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेको अवस्थामा बानेश्वर पुगेपछि नेता भुसाल बेहोस भएका थिए ।