परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना परीक्षार्थी सहभागी भएका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।
जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।
यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ ।



















