धरान / अनेरास्ववियु पुर्वाञ्चल क्याम्पस कमिटीले धरान ८ स्थित पुर्वान्चल क्याम्पस को खेल मैदान मा खानेपानीकाे धारा निर्माण गरेकाे छ । क्याम्पसको खेलमैदानमा विद्यार्थी लगायत स्थानियबासीहरूकाे सहयाेगमा साे धारा निर्माण गरिएकाे हाे । धारा निर्माण भएपछि खेल प्रेमि लगायत स्थानीयहरूलाइ पनि खानेपानीकालागि सहजता भएकाे क्याम्पस कमिटिका अध्यक्ष सुमन दहालले बताए ।
उक्त धारा निर्माणकालागि गत २०७५ माघ १६ गते सहित दिवस को दिन शिलान्यास गरिएको थियो आन्तरिक समस्याका कारण समयमै निर्माण नभएकाे धारा शुक्रबार निर्माण गरी उदघाटन गरिएकाे क्याम्पस कमिटिका कमिटी सचीव अनुपम सुवेदीले बताए ।
अनेरास्ववियु पुर्वान्चल क्याम्पस कमिटी अध्यक्ष सुमन दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साविक नेकपा एमाले धरान नगर कमिटी सचिव राजमणी निरौला प्रमुख अतिथी , वडा न ८ जनप्रतिनिधि राम थापा मगर, अनेरास्ववियु सुनसरी जिल्ला कोषाध्यक्ष मणि चाम्लिङ्ग राई ,युवा सङ्ग नेपाल धरान नगर कमिटी उपाध्यक्ष कुमार भारती लागाएत , स्थानिय नेताहरु को उपस्तिथि रहेको क्याम्पस कमिटिका उपाध्यक्ष मनिस कुमार झा ले बताए ।



















