लेटाङ , उत्तरी मोरङ्को ग्रामीण भेगको चर्चामा रहेको नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउन्डेसन विद्यालय लेटाङ ८ जाँतेले नयाँ शैक्षिक सत्र २०७६।०७७ देखि लिम्बु , मगर र राई भाषामा समेत अध्यापन गराउने भएको छ ।
शुक्रवार लेटाङ नगरपालिका ८ जाँतेका वडा अध्यक्ष भिम प्रसाद पोख्रेलले एक कार्यक्रमका विचमा थपिएका स्थानीय मगर र लिम्बु भाषाका विषयहरुको पठनपाठन शुरू गर्न उद्घाटन गर्नुभयो । लेटाङ सवै जातजातीको संगम स्थल वनिरहेको सन्दर्भमा नोवेलले गरेको यो कार्य नमुना भएको वडा अध्यक्ष पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वताउनुभयो । भाषा संरक्षणमा यस कदमले निक्कै ठुलो टेवा पूग्ने समेत विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी ईन्द्र मावोहाङले देश मै नोवेलले नमुना कार्य गरेको टिप्पणी गर्नुभयो । यस्तो महत्वपूर्ण कामको थालनी गरेकोमा विद्यालय लाई धन्यवाद दिनुभयो । मगर तथा लिम्बु भाषा भनेको नेपालको मौलीक सम्पतीहरु भएकाले यसलाई जगेर्ना गर्न विद्यालय लागेकोमा यसले समाजलाई सकारात्मक सन्देश दिएको वताउनुभयो ।
नोबेलको यो एतिहासिक कार्यप्रती चर्चा गर्दै लिम्बु भाषा बिज्ञ राजभक्त चेम्जोङले निजि क्षेत्रमा यो कार्य मोरङ मै पहिलो भएको जानकारी दिनुभयो । त्यस्तै मगर भाषा बिज्ञ मनिस मगरले नोबेल को यो कदम मगर भाषा उत्थानका लागी निजि क्षेत्रमा नेपालमै पहिलो पहल रहेको बताउनु भयो ।भाषा तथा संस्कृतीको जगेर्ना गर्नु विद्यालयको कर्तव्य भएकाले मगर ,लिम्बु र राई भाषा समेतको पठनपाठन सुरु गरिएको विद्यालयका संस्थापक तथा प्रिन्सिपल भोलानाथ पाण्डेले वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका ८ का वडा सदस्य नविन लिम्बु ,जाँते माविका शिक्षक तथा लिम्बु समुदायका अगुवा राजभक्त लिम्बु , मगर भाषाका शिक्षक मनिष सुर्यमगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष निरज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।



















