काठमाडौं/ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु नजिकै एसइई परीक्षाको नतिजा सोंचे जस्तो नआएको भन्दै एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर भई चन्द्रागिरी–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने जानकारी दिएका छन् ।
प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ । बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो ।




















