- ✍️ सङ्गम कन्दङ्वा
भुकम्प र कोरोनाले थङथिलो अर्थतन्त्रमाथिको संकट कालाे बादल झैँ मडारिदै जाँदा डुब्न लागेको डुंगालाई किनारमा ल्याएजस्तो बजेट आउनुपर्थ्यो । तर १७ खर्ब ५१ अर्बको बजेट पिँध नभएको लाेटा जस्तै देखिन्छ । स्रोतको ग्यारेन्टी नगरीकन खर्चको अनुमान बचपनाबाहेक केही होइन ।
यो पनि पद्नुहोस : सुरेन्द्र थापा समुहको जित्ने सम्भावना बलियो बन्दै
६ प्रतिशत आर्थिक वृद्धिदर त पुरै सम्भावनाहिन कुरा हो । निरन्तर वैदेशिक ऋण खुम्चिएको परिप्रेक्षमा वैदेशिक अनुदान र पुँजीगत खर्चको तालमेल कतै देखिन्न । नारा नै नाराले भरिएको बजेट सरकार आफैंलाई घाँडाे हुनेछ । युवा उद्यम तथा रोजगारी सिर्जनामा केही उल्लेख गर्न सकिने कुरा छैन । बरु उल्टै विदेश पठाउने कन्सल्टेन्सिबाट प्रभावित बजेट छ । ठाेस कुरा छैन । राजस्व संकलन ५.९५ प्रतिशतले ऋणात्मक हुँदा पनि करिब अढाई खर्बको भद्दा बजेट छ । न चालू खर्च घटेको छ न त पुँजीगत खर्चको वृद्धि ।
वैदेशिक ऋणको साँवाब्याज भुक्तानी गर्दै ठिक्क हुने याे बजेटले उत्पादन बढाउन सक्दैन । बैँक तथा वित्तीय संस्थाहरुको ब्याजदर असुलीमा बाहिर मिठा कुरा भएपनी भित्र विचित्र सन्नाटा छ । करको दर व्यापारीकै रुचिमा देखिन्छ । छाेटाेमा यो बजेट वर्तमान संकट टार्न असफल हुने निश्चित देखिन्छ ।
( लेखक अनेरास्ववियु जिल्ला कमिटी, मोरङका सह-सचिव हुन् । )



















