काठमाडौं, १७ जेठ । अभिनेता, निर्माता एवं निर्देशक नवल खड्का सम्मानित हुनुभएको छ । ग्रेटर नेपाल महाअभियानद्वारा राजधानीमा आयोजित कार्यक्रममा खड्कालाई सम्मान गरिएको हो ।

अभियानले शान्तिवाटिकामा गरेको भ्रष्टाचारविरुद्धको सभामा खड्कालाई देशभक्त नायक भन्दै एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। अभिनयले प्रोत्साहनस्वरूप उहाँलाई सो सम्मान प्रदान गरेको जनाएको छ। उक्त अवसरमा प्रतिष्ठानका संयोजक डा. सुरेन्द्र ढकालले देश निर्माणमा कटिबद्ध भएका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

यसैकारण हामीले देशभक्ति भावना सञ्चार गर्ने दशगजा, आवाज, कान्ति, भीमदत्त, कांडेतार जस्ता चलचित्रका नायक, निर्माता तथा निर्देशक खड्कालाई सम्मान गरेका हौ, उहाले भन्नुभयो । सभामा नवल खड्काले सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको जनाउनुभयो ।

 'हामीले सिमानामा काँडेतार बार लगाउनुपर्छ भनेर खुला प्रस्ताव गरेका छौं, उहाँले भन्नुभयो । 'यस विषयमा संसदमा बहस होस्, देश विदेश हरेक ठाउंमा बहसहोस्। हाम्रो माग अनि चाहना  छ खड्काले भन्नुभयो । उहाँल चलिरहेको नक्कली भुटानी शरणार्थी काण्ड खुला सिमानाकै कारण भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भ्रष्टाचारले मुलुक बर्बादीतर्फ गइरहेको र राष्ट्रिय मुद्दा र राष्ट्रिय सम्मानमा आँच आइरहेको चर्चा गर्नुभयो अभियन्ता तारा बरालले नवलको प्रदर्शनको तयारीमा रहेको चलचित्र 'काँडेतार'लाई शुभकामना दिदै देश नै पहिलो कुरा भएको सबैले मनन गर्नुपर्ने टिप्पणी गर्नुभयो ।

No photo description available.