एजेन्सी । भारतीय अभिनेत्री तथा भारतीय जनता पार्टीकी चर्चित नेतृ स्मृति इरानीले चुनाव सकिए लगत्तै लाश उठाइरहेको फोटो भारतीय मिडियाले प्रमुख समाचारका रुपमा छापेका छन् ।
मोदी सरकारको नेतृतवमा रहेको चुनाव अघिको सरकारमा मन्त्री रही सकेकी इरानीले आइतवार एक लाशलाई काँधमा बोकेर हिँडिरहेको दृष्य देखिएको हो ।
वास्तवमा चुनावको नतिजा भारतीय जनता पार्टीको पक्षमा आएपछि सो पार्टी बिरोधीले इरानीका बफादार कार्यकर्ताका रुपमा रहेका गौरीगञ्जको बरौलियाका पूर्व प्रधान सुरेन्द्र सिंहलाई शनिवार गोली हानी हत्या भएको थियो ।
उनले इरानीको चुनावी अभियानमा अहम् भूमिका खेलेका थिए । सो खबर सुनेपछि इरानी आफ्नो निर्वाचन क्षेत्रमा गएर मृतक सुरेन्द्रको परिवारलाई भेटी दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता दिइन् ।
आइतवार सो क्षेत्र पुगकी इरानीले मृतकको शव यात्रामा सामेल मात्र भइनन् उनको लाश बोकेर घाटसम्म पुगिन् । मृतक सुरेन्द्रका छोराले भने उनका बाबु काँग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाएका छन् ।
घटनाका अनुसन्धानमा रहेको प्रहरी प्रशासनले भने १२ घण्टा भित्र दोषी पत्ता लगाइ छाड्ने बताएको छ । सुरेन्द्रको हत्या शनिवार आफ्नो घरबाट सुतिरहेको अवस्थामा गोली हानी भएको थियो ।




















