पथरी,२० साउन । मोरङको पथरीशनिश्चरेमा कवि, स्रष्टा तथा गजलकारहरूले आ -आफ्ना कविता तथा गजलहरूका सुन्दर सृजना पस्केका छन् ।
शनिबार एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयको हल दिनभरि जसाे गुन्जाइमान भई रह्यो । सृजना चौतारी परिवारद्वारा आयाेजित १५ औ श्रृंखलामा स्रष्टाहरूले साहित्यिक माहोल जमाएकै हुन्। ईलाम, झापा, मोरङ , सुनसरी , लगायतका विभिन्न जिल्लाबाट आएका कवि तथा गजलकारहरूले ३-३ का दरले आ -आफ्ना सर्वोत्कृष्ट कविता तथा गजलहरू प्रस्तुति दिएर स्रोता तथा दर्शकको मन खिचेका थिए।
हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान´ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ५/ ५ जना कवि तथा गजलकारहरूले उत्कृष्ट रचनाहरू वाचन गरेका थिए। वाचन गर्ने स्रष्टाहरूमा गगन याेड्पाक्देन, किशोर कोइराला ,शाकुन्तला मञ्जरी, ईन्दिरा गाैतम नेपाल, लक्ष्मीप्रसाद फूयाल,हरि पराजुली, चिरञ्जीवी काफ्ले, मुना आत्रेय , कुमारी चेम्जोङ बिस्मृति´र ओमप्रकाश शर्मा अभिन्न´रहेका छन् ।
सृजना चौतारी परिवारका भवानी दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ गजलकार बलिभद्र कोईराला,पथरीशनिश्चरे वडा नं १ का वडाध्यक्ष भीम कुमार राई,वडा नं ८ का नवीन कार्की, एभरेष्ट अंग्रेजी आवासीय माविका निर्देशक तथा प्रिन्सिपल रवीन कन्दङ्वा, एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठक व्यवस्थापन महासंघ पथरीशनिश्चरेको अध्यक्ष युवराज बास्कोटा समेतको उपस्थिति रहेको थियो।



















