वलिउड । भारतीय अभिनेता शाहरुख खानको फिल्म जवानको लामो समयदेखि दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । भर्खरै यसको जिन्दा बन्दा गीत रिलिज भएको छ, जसलाई दर्शकले निकै माया पाइएको छ । अब फिल्म रिलिज हुन मात्र ३० दिन बाँकी छ ।

यसैबीच फिल्मको शाहरुखको नयाँ पोस्टर सार्वजनिक भएको छ । यो पोस्टरमा किंग खान टकला  अवतारमा देखिएका छन् । शाहरुखले आफ्नो अफिसियल सोसल मिडिया ह्यान्डल मार्फत यो पोस्टर आफ्ना फ्यानहरुलाई शेयर गरेका छन् । उनले क्याप्सनमा लेखे, "म राम्रो छु कि नराम्रो... ३० दिनमा थाहा हुनेछ... तयार हुनुहुन्छ?"

फिल्मको बारेमा धेरै चर्चा भइरहेको छ। चलचित्रमा अभिनेता दोहोरो भूमिकामा देखिने चर्चा छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा शाहरुख बाबु र छोरा दुवैको भूमिकामा देखिनेछन् । जसमा दीपिका पादुकोणले आमाको भूमिका निर्वाह गर्नेछिन् । यो फिल्मको कथालाई लिएर फ्यानहरुले धेरै थ्योरी दिएका छन् तर सबै प्रश्नको उत्तर पाउन एक महिना कुर्नुपर्नेछ ।

फिल्मलाई एट्लीले निर्देशन गरेका हुन् । यसअघि उनले धेरै तमिल ब्लकबस्टर फिल्म बनाएका छन् । स्टारकास्टको कुरा गर्ने हो भने फिल्ममा सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरेशी, रिद्धि डोग्रा, सुनिल ग्रोभर र मुकेश छाबडाको पनि मुख्य भूमिका छ । ‘जवान’ सेप्टेम्बर ७, २०२३ मा विश्वभरका सिनेमाघरहरूमा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।एजेन्सी