- के के कुरा खानु हुँदैन दूधसँग ?
हाम्रो स्वास्थको लागि दुध फाइदाजनक छ भन्ने कुरामा दुई मत छैन । दुधमा धेरै पोषक तत्व पाइन्छ यो सबैलाई जानाकारी भएकै कुरा हो । तर हामीले दिनहुँ दुध पिउदा दुधसँग के खादैछौं भन्ने कुरामा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । अन्यथा स्वास्थ्यमा खराबी आउन सक्दछ ।
दुध र दहीसँगै खानु स्वास्थको दृष्टिकोणले राम्रो मानिदैन । दही र दुध करिव १ घण्टाको फरकमा पिउन राम्रो हुन्छ । यी दुबैको सँगै प्रयोगले एसिडिटि, ग्याँस्टिक, तथा उल्टी जस्ता समस्याहरु देखिन सक्छ ।
त्यस्तै मासको दालसँग दुधको एक साथ सेवन गर्नु हुदैन । दुध पिउनु भन्दा अगाडि वा पछाडि कहिल्यै पनि फलफुल खानु हुदैन । दुधसँगै सुन्तला स्टबेरी खादा स्वास्थमा असर पर्न सक्छ । यसले खानालाई राम्रोसँग पचाउदैन र उल्टी पनि हुन सक्छ ।
यसको साथै दुध र केरा पनि नखानु राम्रो हुन्छ । यसले कफ बनाउछ र बढाउछ पनि । साथै पाचन प्रणालीमा पनि असर गर्दछ । केही मानिस खानामा दुधको साथै ब्रेड बटर पनि मिलाएर खाने गर्दछन् । यसरी सँगै सेवन गर्नाले पेटमा भारीपन महशुस हुन्छ । किनकी पेटमा प्रोटिन, कार्बोहाइडेट, चिल्लोपदार्थ धेरैमात्रामा एकै चोटि लिदा हानिकारक हुन जान्छ । त्यसैले पनि दुध छुट्टै खानु राम्रो मानिन्छ ।
दुध र माछा सँगै खायो भने यसले ग्याँस, एलर्जी तथा छाला सम्बन्धि विरामी हुने संभावना हुन्छ । त्यसैले दुध माछाको सँगै प्रयोग गर्नु राम्रो मानिदैन ।
दुधलाई आफैमा पुर्ण आहार मानिन्छ । यसमा भिटामिन, प्रोटिन, सुगर मिनरल सबै तत्व पाइन्छ । दुधसँगै तारेको भुटेको खाना खादा पचाउन गाह्रो पर्न जान्छ । यसको नियमित प्रयोगले छालाको रोग लाग्न सक्ने सम्भावना बढेर जान्छ । त्यस्तै दुध र तिल कहिल्यै पनि सँगै खानु हुदैन ।
दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानि हुन्छ । के के कुरा खानुहुँदैन दूधसँग ?
दूध पिउनेबित्तिकै केही मानिस कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूधलाई फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ ।
दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ ।
बिहान दूध खान हुदैन भने श्राबण महिनाभर दूध खान हुदैन माथिका सबै कुराहरु दुधको बिशेसताको कारण हो भने श्राबणमा दूध खान नहुने कारण चाहिँ दूधको गुणको कारण नभएर प्रकृति को कारण हो ।
दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन्




















