- ✍️ पुरुषोत्तम पौडेल
नेपालमा लामो समय देखि सुन तस्करी भैरहेको छ । हरेक सालनिश्चित मात्रामा सुन तस्करी भएको समाचार आई नै रहेका छन । जति पनि सुन तस्करी भएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको वाटोवाट भएको छ । कलम र मोवाईल समेत पक्राउ पर्ने भन्सारमा किलोका किलो सुन लाईन वेगर फुत्कन्छ भन्ने कुरामा कसैलाई विश्वास छैन ।
सवै सुन तस्करीमा कुनै न कुनै रुपले सरकार संलग्न भएको हुनु पर्छ । कतिखेर सरकारको कुन तह संलग्न भएको होला त्यो चाहि छानविनको विषय होला । त्रीभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रहरी, अद्यागमन, राजस्व समेत तिनै तिरका उच्च तहका कर्मचारीहरु रहेका हुन्छन ।
राजस्व अनुसन्धान प्रधानमन्त्री मातहत हुन्छ । प्रहरी र अद्यागमन गृहमन्त्री मातहत रहेका छन । त्यसैगरी राजस्व संकलन सम्वन्धि कार्यालय पनि हुन्छ जसको नेतृत्व अर्थ मन्त्रालयले गर्दछ ।
यसरी प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको सह र संलग्नता वेगर यति ठुलो तस्करीको काम कसरी सम्भव हुन्थ्यो होला र ! सानो सानो गडवडी हुदा हल्ला हंगामा हुने गर्छ तर सय-सय किलो भन्दा वढि सुन लुसुक्क छिर्नुको अर्थ निकै गम्भीर विषय हुन्छ । अझ यति ठुलो मात्रामा सुन तस्करी हुन्छ अनि कुर्सीमा वसेको सरकार अरुतिर दोष पन्छाएर आफु चोखो भएको देखाउने स्वाग गर्छ । दुनियालाइ थाहा छ दोष र संलग्नता तथ्य र प्रमाणले पुष्टी गर्ने हो । कसैले भनेकै भरमा कोही दोषी भैहाल्ने होईन । तर सुन तस्करी का सारा तथ्य र प्रमाणहरुले प्रधानमन्त्रीको वरीपरी रहेका महराहरु, वर्षामानहरु र तिनका पुत्रहरुतिर ईसारा गरि रहेको देखिन्छ ।
दुखको कुरा केछ भने देशको गठवन्धन सरकार कुनै पनि कुराको जिम्मेवारी लिन तयार छैन । केवल सुशासन को स्वांग रचिरहेको छ । देश आफुले चलाएको नौटंकी देखाउने प्रयास गरिरहेको छ । फेरी सर्वत्र उदांगो भैरहेको छ । सवैलाई थाहा छ । यो गठवन्धन सत्ताको मज्जा लुट्नको लागी मात्र वनेको हो । भ्रष्टाचार वढिरहेको देशमा अरु भ्रष्टाचार गरेर देशलाई कंगाल वनाउन वनेको हो । किन कि सरकार कुनै कुराको जिम्मेवारी लिदैन । कुनै सुधारको योजना ल्याउदैन । ल्याउछ त केवल तस्करीको सुन ।अहिले अर्थतन्त्र डावाडोल हुदैछ । जिम्मेवारी लिदैन । यति ठुलो मात्रामा सून चादीको तस्करी भैरहेको छ । सरकार जिम्मेवारी लिदैन । कस्तो सरकार हो यो ? स्वत: सिध्द छ ।
अहिले प्रचण्ड सरकार आत्तिएको पनि छ । आफ्नो हातको सत्ता फुत्कने पो हो की ? प्रतिशोधको वदला अरुले पनि लिने पो हुन की ? अथवा सत्तावाट वाहिरीए पछि आफै समस्यामा पर्ने पो हो की ? यस्तै चिन्ता र लफडामा सरकार मस्त छ । उसलाई जनताका समस्या संग भने कुनै चासो र चिन्ता देखीदैन । यो सरकारलाई जनताको दुख र पिडा संग कुनै साईनो छैन ? उसलाई आफ्नाहरु तस्करी र ललिता निवास प्रकरणमा मुछिएको वेला उनिहरुलाई जोगाएर कसरी सरकार टिकाउने भन्ने चिन्ता छ ।
एउटै कुरा हेरौ न । देशमा वाढी र विपत्ती छाई रहेको छ । गाऊका गाउ डुवि रहेका छन । सयौ घर वगाई रहेको छ । जनताहरु वास नपाएर विचल्ली भएका छन । प्रचण्ड सरकार सपथ ग्रहण, पदभार ग्रहण र आसन ग्रहणमा व्यस्त छ । सुन तस्करीको प्रमाण मेटाउनमा व्यस्त छ । राजस्वको काम सकेर अव अन्त कतै प्रमाण भए मेटाई सकेर मात्र उच्चस्तरीय छानविन गर्न तयार हुन्छ होला । त्यसैले गठवन्धन संग जनताले आशा गर्न छोडि सकेका छन ।।।



















