विराटचोक,१ भदौ । मोरङको सुकुना माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल,सुकुना मा.विको आयोजनामा शुक्रबार उक्त प्रियोगिता सम्पन्न भएकोहो ।

कक्षा १२ पश्चात विदेस पलायनहुने प्रवृत्ति"विषयमा वक्तृत्वकला प्रतियोगिता  आयोजना गरिएको विधालयका सहायक प्रध्यनापक राजेन्द्र गिरीले जानकारी दिए । 

यो पनि पढ्नुहोस : सुकुना बहुमुखी क्याम्पस र काठमाडौँ विश्वविद्यालय बीच सम्झौता

367439422_702895898516496_1978204383831420009_nसर्कल अध्यक्ष पेशलराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको वक्तृत्वकला  प्रतियोगितामा  कक्षा १२ व्यवस्थापन विषयकी निकिता थापा प्रथम,कक्षा ११ कानुन विषयकी रितिका कटवाल द्वितीय,कक्षा  १२ व्यवस्थापन विषयकी एलिना कार्की तृतीय र कक्षा ११ सिभिल इञ्जिनियरिङ्गकी जिज्ञासा सापकोटा चौथो भएका छन् । 

366380091_702895728516513_5739850657880539164_nउक्त प्रतियोगितामा  शिक्षकहरू डा. ईश्वर कुमार राई, लोकबन्धु थापा र नवीन भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा प्रधानाध्यापक नारायण प्रसाद गौतम,शिक्षक नायक माधवप्रसाद दाहाल,शिक्षक राजकुमार निरौला  लगायत सर्कलका सम्पूर्ण सदस्य विद्यार्थीहरूको सहभागिता रहेको थियो । युवा रेडक्रस सर्कलकी सचिव शिक्षा गिरीले कार्यक्रम संचालन गरेकी थिइन् । 

सुन्दरहरैंचा नगरपालिकाको १० न. वडामा रहेको  सुकुना मावि नेपालकै उत्कृष्ट सामुदायीक विधालयको रुपमा  परिचित छ । 

sukunaa