- भगवती अर्याल
विराटचो,६भदौ ।मोरङको सुन्दरहरैँचामा नेपाल शिक्षक महासंघकाे दाेस्राे नगर अधिवेशन सम्पन्न भएकाे छ।गत भदौ २ गते सुकुना माविमा महासंघकाे उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
उदघाटन कार्यक्रमबाट नगर समिती गठनकालागि नाम संकलन गरि मंगलबार ठाकुरप्रसाद सुवेदीको अध्यक्षतामा २६ सदस्यीय नगर समितीको घोषणा गरिएको छ ।
शिक्षक तथा कर्मचारीहरुको ५ओटा घटक संगठनबाट चयन भएको समितीको सहअध्यक्षमा तोयानाथ फुयाँल, उपाध्यक्षमा हरिकृष्ण खड्का,उपाध्यक्ष महिला तर्फबाट सोभा चौधरी, सचिवमा हेमनाथ अधिकारी सहसचिवहरुमा सूर्यबहादुर बस्नेत,महिला तर्फबाट बुध्दकला सुवेदी ,अर्थ तर्फबाट बालकृष्ण ढकाल,संस्थागत तर्फबाट सहसचिवहरुमा हेमबहादुर ठकुरी,अनन्तराम माझी,पर्शुराम खवास ,जीवनाथ कट्टेल, दिव्यकुमारी भेटवाल रहेका छन् ।
त्यसैगरी समितीको सदस्यहरुमा युवराज खुलाल,क्रिस्मिता श्रेष्ठ,रत्ना दाहाल,डिल्लीप्रसाद भट्टराई, कृष्ण सुवेदी,दिपक खनाल,मेनुका पोखरेल,ज्योति गुरुङ,रुद्रप्रसाद बजगाईं,पदमबहादुर श्रेष्ठ,तारादेवी घिमिरे,निर्मला राई,पवित्रा गुरुङ रहेका छन् ।
समितीमा ५ ओटा घटक संगठनका अध्यक्षहरु अनिवार्य सदस्य हुने व्यावस्था रहेको हुदाँ थपगरी ३१ सदस्यीय समिती निर्माण गरिएको नव गठित समितीको अध्यक्ष ठाकुरप्रसाद सुवेदीले जानकारी दिए ।
सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नव गठित समितीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेल,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हिक्मत बहादुर बस्नेतको विशिष्ठ आथित्यता र नगरका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
शिक्षक महासंघ सुन्दरहरैंचाका तत्कालिन अध्यक्ष बलराम पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने सचिव यशोदाप्रसाद लुइँटेलले कार्यक्रम संचालन गरेका थिए ।




















