केराबारी,२७ भदौ । मोरङको केराबारीमा गाँउपालिका स्तरिय बहुप्रतिक्षित बहुउद्देश्यीय कृषि उपज सङ्कलन केन्द्रकाे भवनको शिल्यान्यास गरिएको छ ।गाँउपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङले बुधबार भवनको शिल्यान्यास गर्नु भएको छ।

गाँउपालिकाको बहुवर्षे योजना अन्तर्गत करिव चार करोडको लागतमा भवन निर्माण हुने गाँउपालिकाका प्रवक्ता नारायण भुजेलले जानकारी दिनुभयो। उत्त भवन २ बर्ष भित्र सम्पन्न गर्ने उदेश्यले भवनकाे निर्माण थालनि भएकाे हाे । १० न. वडामा निर्माण हुने भवनको दुई ओटा ब्लकहरु रहनेछन् ।

377978850_796618962463999_6885604472096442208_nयाे भवन निर्माण भई संचालन पश्चात् कृषकहरूले उत्पादन गरेका उपजहरूकाे बजारिकरण हुनमा सहजिकरण हुने गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले बताउनु भयो। भवनको शिल्यान्यास कार्यक्रममा उपाध्यक्ष मनमाया मगर वडा न•१०,८ र ३ का वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।