पथरी,१ असोज । मोरङको पथरीशनिश्चरेमा प्रतिभा पहिचान महिला समूहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। विवाहित तथा अविवाहित महिला दिदीबहिनीहरुका लागि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको हो।

प्रतियोगितामा १८ जना अविवाहित तथा १९ विवाहित गरी कुल ३७ जनाले सहभागिता जनाएका छन् । प्रतियोगितामा विवाहित तर्फबाट प्रथम, द्वितीय , तृतिय तथा सान्त्वना क्रमशः विपना मिश्र, जमुना पोख्रेल, विमला ढकाल र रिना मण्डल भएका थिए ।

अविवाहित तर्फ प्राश्ना लुईंटेल,भरोसा विक,दीपा तामाङ र सोनिया तिम्सिना क्रमशः प्रथम, द्वितीय , तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। उक्त अवसरमा विजयी प्रतियोगीहरूलाई फूल,अबिर ,आंखोरा सहित पुरस्कृत गरिएको थियो।

वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि सीता अधिकारी,साहित्यकार कृष्ण प्रसाद अधिकारी, शिक्षासेवी भुवनेश्वर पोख्रेल,विरेन्द्र साकोसका देवी घिमिरे लगायतको उपस्थिति रहेको थियो।

378239485_849966616691772_6007865590479664087_n