विराटचोक,१७ मंसिर । माेरङकाे पथरी शनिश्चरे–२ को पथरी नगर अस्पतालमा आज आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो । 
No description available.
कार्यक्रमका प्रमुख अतिथि विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन्। 
नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा वडा नं. २ वडाध्यक्ष नैना राईले स्वागत मन्तव्य राखेका थिए । यसैगरी,  कार्यक्रममा विराटनगर आँखा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. रक्षा पन्तले उपचार केन्द्रले दिने सेवाहरुका बारेमा विस्तृत कुराहरु राखेकी थिइन्।
No description available.
कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर) र नेपाली कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै नगर उपप्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको उपस्थिति  थियो ।