- भगवती अर्याल
विराटचोक,१७ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका १ मा रहेको सुन्दरहरैँचा नगर अस्पतालमा आँखा जाँच सेवा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । आइतबार सुन्दरहरैँचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईं,उपप्रमुख अकली चौधरी र विराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
सुन्दरहरैँचा नगर अस्पताल र विराटनगर आँखा अस्पतालको सहकार्यमा आँखा जाँच सेवा संचालनमा ल्याइएको अस्पताल प्रशासन शाखाका प्रमुख बाबुराम भट्टराईले बताए । सामान्य असाबधनी र समयमा आँखाको उपचार नहुदा दृष्टिविहीन हुने जोखिम हुने भएकोले पनि नगरका नागरिकलाई गाँउमै समयमै आँखाको उपचार सुविधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको प्रमुख भट्टराईले बताए ।
दैनिक ३ सयभन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण गर्दै आएको नगर अस्पतालमा हालमा माइनर अपरेसन सम्मको उपचार हुने र भविष्यमा मेजर अपरेशन सम्मको उपाचार हुने शाखा प्रमुख भट्टराईले बताए । अन्य सबै सेवा अब नगर अस्पतालमै उपलब्ध हुने शाखा प्रमुख भट्टराईले बताए । उक्त अस्पतालमा स्वास्थ्य विमा भएका विरामीलाई निशुल्क उपचार र १ हजार सम्मका चश्मा समेत प्रदान गरिने प्रमुख भट्टराईले बताए । आँखा जाँचमा ३० रुपया बराबरको शुल्कमा पुर्जी लिन सकिने शाखा प्रमुख भट्टराईले बताए ।
‘आखाँलाई सुरक्षित राख्न ‘सुन्दरहरैंचाका नगरवासीहरुलाई स्थानीयस्तरमै सहज रुपमा सेवा दिईने नगरअस्पतालका प्रमुख विपिन यादबले व्यक्त गरे ।अहिले नगर अस्पतालमा सुन्दरहरैंचाका साथै बेलबारी, ग्रामथान र बुढीगंगाका बिरामीहरु उपचारको लागि आउने गरेको नगरप्रमुख गुरागाईले जानकारी दिए ।
‘आँखा उपचार केन्द्र स्थापना भएपछि सामान्य समस्या हुँदा पनि उपचारका लागि इटहरी, विराटनगर लागायत अन्य स्थानमा जानु पर्ने कुराको अन्त्य भएको उपप्रमुख अकली चौधरीले व्यक्त गरिन । ‘सामान्य उपचारका लागि जाँदा उपचार भन्दा गाडी भाडा र आवात जावतमै बढी खर्च हुने गरेको उपप्रमुख चौधरीको भनाई रहेको छ ।’
अहिले नगर अस्पतालमा सुन्दरहरैंचाका साथै बेलबारी, ग्रामथान र बुढीगंगाका बिरामीहरु उपचारको लागि आउने गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगरप्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए ।
आँखा उपचार केन्द्रको लागि दक्ष जनशक्ति विराटनगर आँखा अस्पतालले व्यवस्थापन गर्ने जनाइएको छ भने आजै ३० जना भन्दा बढि सेवाग्राहीहरुले आखाँ जाँच गराएका थिए ।। सुन्दरहरैँचा वडा न.१ का अध्यक्ष राम विश्वाश खवासको अध्यक्षतामा सम्पन्न भएको उदघाटनको कार्यक्रमलाई नगरपालिकाका कर्मचारी निरज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।






















