नेपालको कानुन र एनसेल संग भएको सम्झौता अनुसार उसले अवको पाच वर्ष पछि आफ्नो सम्पूर्ण श्रीसम्पत्ती नेपाल सरकरलाई वुझाउनु पर्ने वेला भएको थियो । यसमा कुनै ईफ,‌ वट वा अन्य कुनै कूकर्म तथा षडयन्त्र हुनु निकै ठुलो चलखेल र भ्रष्टाचार मात्र होईन राष्ट्रघातको चरम नमुना पनि हो ।

राज्यले वैदेशिक पुजि भित्र्याउन विभिन खाले निति र कानुन वनाएको छ । त्यस अन्तरगत नै एनसेल लगायत विभिन्न कम्पनीहरुले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका हुन । उनिहरुले लगानी गरेर कानुनले तोकिदिएको अवधि सम्म आम्दानी खाएपछि सवै पूर्वाधारहरु जस्ताको त्यस्तै नेपाल सरकारलाई सुम्पनु पर्ने कानुनी व्यवस्था हो । एनसेलले पनि २०२९ सालमा आफ्नो सम्पूर्ण सिस्टम र त्यस्को सवै सम्पत्ति नेपाल सरकारलाई सुम्पने वेला आउदै थियो ।

यस विचमा एनसेलले कमाएको नाफा पनि सवै विदेश गयो । कथित नेपाली पार्टनर त झन उतै रमाउन थाल्यो । कर छलेर नेशनल ट्रेजरी कमजोर बनाइयो । अब वुझाऊने समय ननजिकिदै थियो । यो ६ वर्ष यो कम्पनीको गतिविधि माथी सरकारको पूर्ण निगरानी आवस्यक थियो । 

यहा त सरकारकै मिलेमतोमा सेयर धनी फेरिएर नेपाली लगानी हुने त होइन ? भयंकर डरलाग्दो तस्वीर देखिदैछ । त्यस पछि त सम्पत्ति सरकारको पनि हुदैन होला । मिलाउने हरुले वाडी खाने खतरा वड्दैछ । होसियार नेपाली जनता छ वर्षपछि ६६ लाख नेपाली परिवारलाई बराबरी हुने गरी सेयर स्वामित्व बिक्री गर्नुपर्ने संस्था लुट्ने षडयन्त्र हुदैछ ।

यसरी नेपालमा राष्ट्रघातीहरुको विगविगी यती वढ्यो की राज्य र सरकारमा वसेर पुरै देशलाई टाटपल्टने अवस्थामा पुर्याएर पनि उनिहरुको धित मरैको छैन । अहिले ५ वर्षपछि राज्यको हातमा आउने एनसेलको श्रीसम्पत्ती समेत वेचेर खाएको समाचार आईरहेको छ । जनस्तरवाट व्यापक विरोध पछि सरकार स्वयं "दुधको साक्षी विरालो" जस्तो समिती वनाएर यस प्रकरणलाई पचाउने दाउमा लागेको आशंका सर्वत्र व्यक्त गरिदै छ । 

यसर्थ यसप्रकारका भ्रष्टाचारी तथा राष्ट्रघातीहरुलाई अव जनस्तरवाटै छानविन गरेर ठिक पार्न तीर लाग्नु पर्ने वेला भएन र ? अन्यथा देशलाई टाट पल्टाउने हरुले सत्तामा वसेर आफ्नो वन्दोवस्त गरिरहे देशको भविष्य अरु वरवाद हुन्छ । खवरदार भ्रष्टाचारीहरु हो !!!

(लेखक : पुरुषोत्तम पौडेल नेकपा एमालेको पोलिटव्युरो सदस्य हुनुहुन्छ ।)