विराटचोक,२ पुस । मोरङको केराबारी गाउँपालिकाले अवैध ढंगले करेन्ट तथा हानिकारक बिषाधि प्रयोग गरी माछा मार्ने कार्य तुरुन्त बन्द गर्न अनुरोध गरेको छ। आईतबार गाउँपालिकाले सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
यसरी माछा मार्नु कानुन बिपरित भएको भन्दै गाउँपालिका क्षेत्रभित्रका खदम खोलालगायत बिभिन्न खोलामा बिद्युतीय करेन्ट तथा बिषाधिको प्रयोग गरी माछा मार्ने काम बिभिन्न ब्यक्ति तथा समूहवाट हुनेगरेको भनि जनगुनासो आएपछि गाउँपालिकाले जारी गरेको सूचनामा छ ।
गाउँपालिकाले खोलानालामा करेन्ट तथा बिषाधीको प्रयोग गरि माछा मार्ने, मार्न लगाउने काम प्रचलित कानुनले निषेध गरेको र दण्डनीय विषय भएको हुँदा यस्तो गतिविधिलाई पुर्णरुपमा वन्द गर्न गराउन सम्बन्धित सबैमा जानकारी पनि गराएको छ।
यसरी कोही कसैवाट यस प्रकारको गतिविधि गरिरहेको पाइमा इलाका प्रहरी कार्यालय केराबारी,नगर प्रहरी केराबारी वा केराबारी गाउँपालिकाको कार्यालय एवम् पदाधिकारीलाई जानकारी गराउन समेत गाउँपालिकाले सबै समक्ष अनुरोध गरेको छ।
करेन्ट लगाएर माछा मार्ने, विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी नअपनाएको कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको धेरै जसो स्थानमा यस्तो घटना देखिदै आएको छ ।





















