विराटचोक,५ पुस । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी  क्याम्पसले दोस्रो चरणको क्युएए (QAA) प्राप्त गर्नकालागि तिब्र रुपमा कामको थालनी गर्न थालेको छ । यसैक्रममा क्याम्पसले विहिबार स्ववियुका प्रतिनिधि,विद्यार्थी गुणस्तर समुहका पदाधिकारी,विद्यार्थी संग क्युएए  सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

sk 1 विहानी सत्र र दिवा सत्र गरेर दुई चरणमा अभिमुखीकरण कार्यक्रम गरिएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिनुभयो ।

Untitled-4 38पहिलो सत्रमा विहान ७ बजेदेखि ९ बजेसम्म क्याम्पस सभाकक्षमा स्ववियुका पदाधिकारी तथा सदस्यहरू, विद्यार्थी गुणस्तर समुहका पदाधिकारी तथा सदस्यहरू, विहानी सत्रमा अध्ययनरत बिएड, बिबिएस र बिएका विभिन्न कक्षा र सेक्सनबाट विद्यार्थी सङ्ख्याका आधारमा ५ देखि १० जना सम्मको प्रतिनिधित्व हुनेगरी जम्मा १७५ जना विद्यार्थीहरूलाई क्युएए को आवस्यकता, यसको महत्व, हालसम्म क्याम्पसले गरेका कार्यहरू, यसका लागि विद्यार्थीको भूमिका र क्याम्पसका नीति, नियम, गुरुयोजनाका विषयमा अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिएको थियो ।

May be an image of 2 people, people studying and textदोस्रो सत्रको कार्यक्रम विहान ११ बजेदेखि सञ्चालन गरिएको र यस सत्रमा दिवासत्रमा बिबिए र बिएस्सिमा अध्ययनरत १६५ जना विद्यार्थी सहभागी रहेका थिए । दुबै सत्रमा क्युएएका फोकल पर्सन तथा स्वमूल्याङ्कन समितिका संयोजक उपप्राध्यापक नरप्रसाद भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।  

May be an image of 1 person, dais and text कार्यक्रममा क्याम्पसका नीति र कार्यक्रमहरूको बारेमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी  गराउनु भएको थियो। दुबै कार्यक्रमहरूबाट विद्यार्थीहरूले क्युएएका विषयमा स्पष्ट धारणा लिएको कुरा अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले बताउनु भयो । उक्त क्याम्पसले क्युएए लिने कार्यमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने कुरा सहभागी विद्यार्थीहरूले बताएका छन् ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको दुबै सत्रको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख दहालले गर्नु भएको थियो । 

May be an image of 2 people and crowd

May be an image of 1 person, studying and crowd

May be an image of 1 person, studying and textMay be an image of one or more people and crowdMay be an image of 1 person, studying, crowd and text that says 'FREE STUDENT UNION BUILDING'