विराटचोक,९ पुस । बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस क्लव अफ सुन्दरहरैँचाको अध्यक्षमा समाजिक अभियन्ता पार्वति गच्छदार चयन भएकी छिन ।
सोमबार सुनसरीको इटहरी स्थित होटल इन टुरिष्टमा भएको किवानिस क्लव प्रदेश डिभिजन १को वैठकले वर्ष २०२३- २०२४ को लागि गच्छदारको नेतृत्वमा २१ सदसिय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा यादव पौडेल,हर्कराज राई सचिवमा उपेन्द्र बजगाई लगायत सदस्यहरु रहेका छन । वर्ष २०२२-२०२३का अध्यक्ष शंकर प्रसाद बजगाईले ग्यामल र पिन सहित पदभार हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि किवानिस क्लव नेपालका डिष्ट्रिक गर्भनर तिर्थ कुमार सिंहले नयाँ कार्यसमितिलाई पदस्थापन गराएका थिए ।
पदभार ग्रहण गर्दै नव गठित समितिकी अध्यक्ष गच्छदारले आफनो कार्यकालमा वालबालिकाहरुका लागि क्यान्सर परिक्षण ,आँखा उपचार सहितको शिविर,संचालन तथा सुन्दरहरैँचा क्षेत्रका २३जना विपन्न परिवारका विद्यार्थीहरुलाई एक वर्षका लागि शैक्षिक सामाग्रीहरु उपलव्ध गराउने, बालबालिकाकालाई क्षमता अभिबृद्धि गर्न मनोबिर्ष तालिम लगायतका कार्यक्रम संचालन गर्ने कुरा व्यक्त गरिन ।
गच्छदार महिला तथा बालबालिकाको क्षेत्रमा बिगत एक दशक देखि समाजिक क्षेत्रमा काम गर्दै आएकी छिन।
सो पदस्थापन कार्यक्रममा किवानिस क्लवका डिष्ट्रिक सेक्रेटरी युवराज न्यौपाने अर्थ संयोजक शिव बहादुर काफ्ले, किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङ,किवानिस क्लव अफ इटहरीका सस्थापक अध्यक्ष सुहाम खेवा लिम्वु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















