पथरी,१० पुस । मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले हाम्रो देशमा सबै जातजातिको एकताभित्र विविधता छ , विविधतामा एकता छ, यस्लाई अक्षुण्ण राख्नु नै हाम्रो प्रमुख कर्तव्य रहेको उल्लेख गर्नुहुदैं आगामी दिनहरुमा पनि यस्तै धार्मिक सहिष्णुता सहितको सामाजिक एकता निरन्तर रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरे।

उनले मंगलबार सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा सिरीजंगा स्मृति धार्मिक वन समूह तथा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरेद्वारा  आयोजित चासोक तङ्नाम तथा उधौली पूजा ( येले तङ्वे ५०८३)को अवसरमा सो कुरा बताएका हुन्।

प्रमुख अतिथि समेत रहेका नगरप्रमुख तुम्वापोले समाज बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक भएकोले नगरपालिकाले सबै धर्मको समान संरक्षण र प्रवद्र्धनका लागि प्राथमिकता दिदैं अघि बढ्ने प्रतिवद्धता जनाए।

No description available.सिरजंगा स्मृति धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षतामा भएको कार्यक्रममा  कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं -१ का भीम कुमार राई, वडा नं दुईका नैना राई, वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की, किराँत राई यायोक्खा केन्द्रीय उप महासचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठ, समेतको उपस्थिति रहेको थियो।कार्यक्रम किराँत याक्थुङ चुम्लुङ नगरअध्यक्ष विक्रम लिम्बुले संचालन गरेका थिए।

लिम्बु समुदायको ऐतिहासिक मौलिक भाले जुधाईं खेल , केलाङ , हाक्पारे, छेलो ,लङ्जम्प, भलिबल,आदि खेलहरूको आयोजना गरिएको थियो। उक्त अवसरमा ८ वटा प्रतियोगितात्मक केलाङ नृत्यहरू प्रस्तुत भएका थिए।

No description available.यसैगरी, बेलबारीस्थित उदय क्लबले उर्लावारीको सालबारी भलिबल टिमलाई पराजित गर्दै सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि उचालेको छ। प्रतियोगिताका विजेता र  उपविजेता टिमलाई क्रमशः ६० हजार  र ४० हजार नगद रुपैयाँ सहित मेडल , ट्रफी, समेत प्रदान गरिएको थियो। सो प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० टिमले सहभागिता जनाएका थिए। 

आजै साँझ भोईस अफ नेपाल फस्ट रनरअप सविना योङ्गहाङ, गायिका दिपा सुहाङ, स्थानीय गायक नन्दु गुरुङ, पुष्प राई, लगायतले आ-आफ्नो बेजोड  सांगीतिक प्रस्तुतिहरू दिनुहुने आयोजक समितिका विक्रम लिम्बुले जनाए।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.