विराटचोक‚ ११  पुस । मोरंङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । क्याम्पसले बुधबार सुन्दरहरैँचा २ मा रहेको श्री देवता आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो । 

नर्सरी देखि ७ कक्षा  सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सहायक क्याम्पस प्रमुख गणेश प्रसाद दाहालले जानकारी दिनु भयो । उक्त विद्यालयमा अध्यनरत झाँगर/उराव समूदायका ६२ जना‚  खवास समुदायका १७ जना‚ चौधरी समूदायका २१ जना सह समुदायका २ जना‚ चमार समूदायका ६ जना‚ मगर समूदायका २ जना‚ विश्वकर्मा समूदायका १ जना‚  जनजाति समूदायका २ जना र साह समुदाय २ जना अन्य समूदायका ८ जनागरी जम्मा १२१ जना छात्रछत्रालाई न्यानो कपडा स्विटर वितरण गरिएको सहायक क्याम्पस प्रमुख दाहालले जानकारी दिनुभयो । 

c8d164b8-9950-48d5-8276-923f34b4ec47कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र उपाध्यक्ष ललित बहादुर श्रेष्ठले क्याम्पस उत्कृष्ठ शैक्षिक संस्था भएको र यसले सामाजिक कल्याण‚ सम्बन्ध विस्तार तथा उत्तरदायित्व निर्वाहका लागि क्याम्पसको तर्फबाट न्यानो कपडा वितरण गरी विद्यालीय शिक्षामा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन गरेको कुरा प्रष्ट्याउनु भएको थियो  ।

त्यसैगरी क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आगामी दिनहरूमा पनि क्याम्पसले समुदायमा आधारित अन्य रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बताउनु भयो  ।

कार्यक्रममा क्याम्पसको तर्फबाट अध्यक्ष केशव अधिकारी‚ उपाध्यक्ष ललितबहादुर श्रेष्ठ‚ समितका सदस्यहरू क्रमशः सुरेन्द्रबहादुर थापा‚ रामप्रसाद गजुरेल‚ सहायक क्याम्पस प्रमुख बलराम पोखरेल‚ प्राध्यापक सङ्घका अध्यक्ष जनार्दन गुरागाईँ‚ शिक्षक रमेश खतिवडा र क्याम्पसका अधिकृत नवराज कोइराला उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधिहरू‚ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू‚ शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा सदस्यहरू‚ शिक्षक‚ अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

क्याम्पसले न्यानो कपडा वितरणको औचित्य समेत बताउँदै सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

5b64c4eb-9615-4d90-8f60-bb4dfeb8fa8d