पथरी,१९ पुस  । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन पब्लिक  लिमिटेडको दोस्रो वार्षिक साधारण सभा हुने भएको छ । 

वन समितिको बुधबार बसेको वैठकले पुस २५ गते  साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/०८० को वासताल, नाफा नोक्सान हिसाव सोही अवधिको नगद प्रवाह विवरण लगायत सम्वन्धित अनुसूचीहरु पारित गरिने जानकारी प्राप्त भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, भावी प्रस्तावित कार्ययोजना प्रस्तुत र शेयर सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिने कम्पनीका अध्यक्ष अशोक साम्पाङले बताए।