• जोसेफ उराव 

केरावारी,१९ पुस । मोरङको केराबारी गाउँ पालिकामा मच्छिन्द्रनाथ मेला लगाउने तयारीमा भइरहेको छ । प्रत्येक वर्ष लागाइदै आएको मेलालाई निरन्तरता दिदै यो वर्ष पनि मेला लगाउने तयारी भएको हो । 

केराबारी ऐतिहासिक पहिचान,स्थानिय पर्यटनको उत्थान' भन्ने मूल नाराका साथ माघ ४ गते देखि १० गते सम्म मेला लगाउने तयारी भइरहेको मेला मूल आयोजक समितिका सचिव संगम कन्दङवाले जनकारी दिए । 

Untitled-5 (4) तर मेला लगाउने  स्थानको बारेको विषयमा सामान्य विवाद भएपछि मेला मूल आयोजक समितिले बुधबार सूचना जारी गर्दैमेला  केरावारी ८ स्थित खेल मैदानमा गर्ने निर्णय गरेको छ । 

 सूचनामा मच्छिन्द्र मा.वि.को पठनपाठन प्रभावित नहुने गरि दिउँसोका ठुला ध्वनी उत्पन्न हुने कार्यक्रमहरु स्थगित गर्ने र आगामी वर्ष मेला सञ्चालनको उपयुक्त वैकल्पिक स्थानको छनाैट गरि आवश्यक पुर्वाधार निर्माण गरिने निर्णय गरिएको सचिव कन्दङवाले बताए ।

  मेलामा स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले समेत आफ्नो प्रस्तुति रहने   आयोजक समितिका अध्यक्ष प्रेमबहादुर लिम्बूले जानकारी दिए ।

Untitled-5 (2)धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक मच्छिन्द्रनाथ मेला परापूर्वकालदेखी सहकालको देवता रातो मच्छिन्द्रनाथको विधिवत् पुजा आराधना गरे पश्चात् सुरु हुदैँ  आएको परम्परा छ । वर्षेनी लाग्ने मच्छिन्द्रनाथ मेला केराबारीको साझा पहिचान र गौरवको विषय रहेको सर्वविदितै छ । स्थानीय जनसमुदाय, स्थानीय सरकार, राजनितिक दल, सामाजिक संघसंस्था, बुद्धिजीवी, सुरक्षा निकाय, व्यापारि - व्यवसायीको आपसी साथ सहयोग समन्वयमा मात्र मेला - भव्य र सभ्य रुपमा सफल हुने मेला मूल आयोजक समितिले जनाएको छ ।