पथरी,२१ पुस । माेरङकाे पथरी शनिश्चरे वडा नं. १ को आयोजनामा अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत गलैचा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ३५ जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो ।
वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा सचिव मित्रकला चौलागाईले गरेका थिए ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथि देविमाया काफ्ले, महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, मखमली अपाङ्गता मिलीजुली समूहका अध्यक्ष शिव बहादुर लिम्बु, वडा सदस्य आरती वि.क.ले शुभकामना मन्तव्य राखेका थिए।





















