पथरी,२४ पुस । माेरङको पथरी शनिश्चरेमा लक्षित वर्गका लागि ५ दिने माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिमको समापन भएको छ ।
मंगलबार पथरीशनिश्चरे–१ स्थापित पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको सो तालिमको आज समापन भएको हो । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजना भएको तालिममा नगरका १० वटै वडाबाट सहभागिता जनाइएको थियो ।
सञ्चारकर्मी मिडिया प्रा.लि.का कार्यकारी निर्देशक भद्रमान विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख देविमाया काफ्ले रहेकी थिइन्। यस्तै विशिष्ट अतिथिमा नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, योजना शाखा प्रमुख शिव राई, नगर कार्यपालिका अञ्जना दर्जी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता शिवा, युवराज लावर र प्रतिष्ठा सुनामले आ–आफ्ना कुरा राखेका थिए । सहभागीहरुलाई प्रमाण–पत्र र अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।




















