लेटाङ, २७  पुस । मातृ बियोगको केही महिना पछि नै  युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी बियोग परेको छ । 

मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बुको घरैमा निधन भएको हो । 

स्वर्गीय लिम्बुको पार्थिब शरिर शुक्रबार अन्त्येष्टि गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ ।

गत असार २६ लिम्बुकी आमा हन्सनुमा लिम्बुको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो  ।