विराटचोक,२८ पुस । "कि शासन व्यक्तिको होइन, विधिको हुनु पर्छ" भन्ने मुल मान्यता राख्दै आएको युवाहरुको संस्था गछिया जेसिजको १० औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम आयाेजना गरी वर्ष २०२३ का अध्यक्ष प्रदिप विष्टले वर्ष २०२४ का अध्यक्ष ध्रुव निरौलाकाे गलामा जेसिज चेन लगाई पदस्थापन गरिएकाे हाे ।
जेसीजकाे विधान अनुसार एक व्यक्ति एक कार्यकाल रहने हुँदा हरेक वर्ष नयाँ कार्यसमिति चयन हुने गर्दछ । जस अनुसार यश अघिनै निर्वाचन भएर कार्यकारिणि उपाध्यक्षमा पुष्पा सिग्देल र निराजन धमला, कानुनि सल्लाहकारमा पप्पु शाह चयन भएका छन् । यस्तै महासचिवमा प्रदिप खतिवडा, कोषाध्यक्षमा रोहित लिम्बू, उपाध्यक्षहरूमा पवित्रा गौतम भण्डारी, रिसल भण्डारी, गंगा सिग्देल, विनोद भट्टराई, सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारिमा सुमित्रा भट्टराई चयन भएका छन् ।
पदस्थापनकाे अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको निवर्तमान अध्यक्ष प्रदिप विष्टले जानकारी दिए । जसमा दयानिधि समृति पुस्कारबाट नवप्रवेशि सदस्य देवराज पाेख्रेललाई सम्मान गरिएको थियाे । यस्तै दुर्गा न्याैपाने स्मृति पुरस्कार उत्कृष्ट युवा प्रदिप खतिवडा, कृष्णआषा ढकाल स्मृति उत्कृष्ट पुरस्कार प्रदिप विष्ट, विमला कुमारी दुलाल उत्कृष्ट कार्यक्रम संयाेजक नवराज पाेख्रेल, नारायण प्रसाद स्मृति पुरस्कार गंगा सिग्देल, मुक्तिनाथ रेग्मी उदयेमान युवा पुस्कार निराजन धमलालाई प्रदान गरिएको थियो ।
विभिन्न साँस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रमको उदघाटन सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं गरेका थिए ।






















