विराटचोक-मोरङको सुन्दरहरैँचा नगरपालिकाले तहबृद्धि भएका कर्माचारीलाई बधाई तथा शुभकामना दिएको छ । शुक्रबार नगरपालिकाले एक कार्यक्रमकाबीच बढुवा भएका आफ्ना ३ जना कर्माचारीलाई बधाई तथा शुभकामना सहित तहबृद्धि पत्र हस्तान्तरण गरेको हो ।
तहबृद्धि भएका कर्माचारीहरु गुणनिधि दाहाल,अनिल पोख्रेल र लोकेन्द्र बानियाँलाई नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले उत्तरोत्तर कामना गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत दाहाल र ई रिक्सा शाखा प्रमुखमा कार्यरत पोख्रेल सहायक स्तर पाँचौ तहबाट अधिकृत स्तर छैटौं तहमा तहबृद्धि भएका हुन् भने पशुपन्छी शाखाका कर्मचारी बानियाँ सहायक स्तर चौथों तहबाट सहायक स्तर पाचौं तहमा तहबृद्धि भएका हुन् ।
उनीहरुलाई मेयर केदारप्रसाद गुरागाईं उपमेयर अकली चौधरी,प्रमुख प्रशाशकिय अधिकृत अम्बिका प्रसाद चौलागाईंले तहबृद्धि पत्र हस्तान्तरण गरेको नगरपालिकाका कर्मचारी बासु अधिकारीले जानकारी दिए ।
उक्त कार्यक्रममा नगरपालिकाका सबै कर्माचारीको समेत उपस्थिती रहेको थियो ।




















