काठमाडौं - बिगत एक महिनादेखि बिरामी भई उपचार गराइरहेका  पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री  बसन्तकुमार नेम्बाङको स्वास्थ्यमा सुधार भएको छ । 

ब्रेन स्ट्रोक भई मेडिसिटी अस्पतालमा उपचार गराइरहेका  नेम्बाङको स्वास्थ्यमा व्यापक सुधार भइरहेको एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईले फेसबुक मार्फत जानकारी गराएका छन् ।

एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई सहित नेम्बाङको स्वास्थ्य अवस्था बुझ्न एमालेका अर्का स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिटव्युरो सदस्य यज्ञराज सुनुवार पनि मंगलबार अस्पताल पुगेका थिए  ।

भट्टराईले फेसबुकमा लेखेका छन् - 'अहिले उहाँ थेरापी गर्दै हुनुहुन्छ्, नर्मल खाना खानुहुन्छ,क्याथेटर निकालिएको रहेछ,उभिन सक्नुहुने रहेछ्, हासेर रेस्पोन्स दिनुहुन्छ ।' 

  माघ १७ गते नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेको बेला   नेता नेम्बाङको स्वास्थ्यमा समस्या देखिएको  थियो । नेम्बाङलाई उपचारका लागि त्यसैदिन हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उपचारका क्रममा उनलाइ ब्रेन स्ट्रोक भएको पत्ता लागेको थियो ।

Untitled-10 55