- भीमज्वाला राई
टप्प टप्प ज्यान लाने कस्तो महाकाल
प्राण लुट्ने सडक दुर्घटना भयो विकराल ।साना ठुला सबको ज्यान दुर्घटनामै गयो
अकालमै मर्नु पर्ने महामारी झै भयो
जनको क्षति, धनको क्षति देशलाई खति
चस्स चस्स घाउ दुख्छ पीडा कतिकति ।छोरासंगै दुर्घटनामा आशा सबै मर्यो
बुवासंगै सडकमा भरोसा नि ढल्यो
हाँसो, खुशी सबै उड्यो पीडा मात्रै बच्यो
बाँच्नेलाई सपनीमा ऐँठनले थिच्यो ।![]()
दिन रात हिड्नु पर्छ सांझ बिहानी
पलपलमा होस गरौं चिनौं जिन्दगानी
शान्त रहौँ सडकमा अनुशासित बनौँ
सुरक्षित यात्रा रोजौँ, मृत्युलाई जितौं ।भीरको बाटो, पीरको बाटो, घुम्ति साँघुरो
दुर्घटनाले बनाउँछ जीवन अध्याँरो
जिन्दगीको अर्थ बुझौँ विपतिलाई छेकौँ
दुर्घटनालाई न्युन गरौँ अकाल मृत्यु रोकौँ ।



















