काठमाडौं — नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सार्वजनिक यातायात व्यवस्थापनमा सरकार असफल भएकाले सरकारका सबै संरचना खारेज गरि नयाँ संरचना निर्माण गर्नुपर्ने बताउनुभएकोछ । 

आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ नगर कमिटीको आठौँ अधिवेशन उद्घाटनका अवसरमा राईले नेपालको यातायात क्षेत्रलाई नियमन र व्यवस्थापन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भौतिक पूर्वाधारको काममा हराइरहेको र सार्वजसनक यातायात सञ्चालन परिचालन र व्यवस्थापनमा मन्त्रालयले ध्यान नदिएको बताउँदै यातायात मन्त्रालय छुट्टै निर्माण गरिनुपर्ने राईले बताउँनुभयो ।

 मन्त्रालयले समग्र यातायात क्षेत्रको व्यवस्थापनको काम गर्नेगरी यातायात व्यवस्था विभागलाई कार्यकारी बनाइएको भएपनि विभागले लाइसेन्स वितरण र नविकरणको काम समेत राम्ररी गर्न नसकेकाले विभागको विघटन गर्दै अधिकार सम्पन्न र सरोकारवालाहरु सम्मिलित राष्ट्रिय यातायात प्राधिकरण गठन गरेर मात्रै सर्वाजनिक यातायातलाई सुधार गर्न सकिने बताउनुभयो । 

0e55ab81-1de0-405d-a62c-85b390eae437नेपालको सार्वजनिक यातायातमा देखिएको यो भद्रगोल हुनुमा ३१ वर्ष अघि बनेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कारक रहेको अध्यक्ष राईले बताउनुभयो । पुरानो सवारी ऐन संशोधन नगरी नेपालको सार्वजनिक यातायात क्षेत्रमा सुधार नहुने र नाम मात्रको यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विस्थापन नगरी यो अस्तव्यस्तताको अन्त्य नहुने राईले बताउनुभयो । 

सार्वजिक यातायातमा यात्रुहरुको दिगो, भरपर्दो र गुनस्तरिय सेवा हुने ग्यारेन्टी चाहिएकोछ, निजी क्षेत्रको १० खर्ब रुपैया लागनीको सुरक्षा चाहिएकोछ र यातायात क्षेत्रमा काम गर्ने ११ लाख यातायात मजदुरहरुको सामाजिक सुरक्षा सहितको संरक्षण र दिगोपना चाहिएकोछ यसका लागि सवारी तथा यातायात व्यवस्था ऐनलाई सरोकारवालाहरुको सरोकारसहितको संशोधन गर्न जरुरी रहेको यातायात क्षेत्रका विज्ञ समेत रहेको अध्यक्ष राईले बताउनु भएकोछ ।

c2315849-88b7-404e-a7d1-bc87a437e13a अधिवेशनमा संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु लामा, बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, नेकपा एमाले काठमाण्डौं अध्यक्ष दिपक निरौला, बुढानिलकण्ठ यातायात प्रालिका अध्यक्ष लक्ष्मण थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य बाबुराजा महर्जन, संगठनका केन्द्रीय सदस्य कमल सापकोटा, बागमती प्रदेश सहसचिव शिवलाल अर्याल लगायतले शुभकामना व्यवक्त गर्नु भएको थियो ।

शिवकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता मनोजबहादुर राउतले गर्नुभएको थियो । 

बुढानिलकण्ठमा मनोज दोहोरिए 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ नगर कमिटीको आठौं अधिवेशनले मनोजबहादुर राउतलाई दोस्रो दुइवर्षे कार्यकालका लागि पुन अध्यक्षमा निर्वाचित गर्दै ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकोछ । 

कमिटीको उपाध्यक्षमा गोकर्णबहादुर ढुँगाना, सचिवमा अमित गोपाली, सहसचिवमा लीलाराज गिरी र कोषाध्यक्षमा लालमान तामाङलाई चयन गरेकोछ । 

कमिटीको सदस्यहरुमा आकाश शर्मा, शेरबहादुर थापा, टेकबहादुर देउला, भीमसिंह धामी, शंकर पान्त र सानुबाबु ढुँगाना निर्वाचित गरेकोछ । कमिटीको प्रमुख सल्लाहकारमा डाकबहादुर राउत चयन भएकोछन् ।

671ae8f4-dfc0-4972-802d-07a2bf0cead6989d12b5-87a7-43cd-8cba-9f67a8456d655fadbc3d-7443-4784-ab7b-3ef6b9923d2f (1)