कैलाली— जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत एक प्रहरी जवान जंगलमा मृत फेला परेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ घर भई कैलाली बस्दै आएका २६ वर्षीय सुरजराम लुहार बुधबार बेलुका कैलालीमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा लुहारको शब भेटिएको थियो ।
बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका उनको
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौकस्थित दुहबी ईनरुवा सडक छेउमा बिहीबार बिहान एक पुरुष मृत अव्स्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय दुहबीका प्र.नि. मोहन पोखरेलका अनुसार मृतक पुरुष दुहबी १० घर भएका अन्दाजी ३८ वर्षको रमेश हरीजन हुन् । घटना कहिले र कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हरिजनको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाएको बताए ।





















