पथरी — पथरी ~ पथरी र दमकमा रहेका दुई वटा भुटानी शरणार्थी शिविरलाई इन्ट्रा फाउण्डेसनको सहयोगमा दुई वटा एम्बुलेन्स प्रदान गरिएको छ ।

दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गरेका हुन्  । इन्ट्रा फाउण्डेशन र डिल्ली अधिकारीको सामुदायिक परियोजनाअन्तर्गत शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी पनि सुरु गरिएको छ । भुटानबाट नेपाल हुँदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै स्वास्थ्य चौकी सुरु गरिएको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  पथरी शनिश्चरे–१० मा स्वास्थ्य चौकीको शुभारम्भ गरेका छन्  । 436423689_466023712445635_7299656051171193953_n

त्यसअवसरमा मुख्यमन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली लगानीकर्ताका लागि कोशी प्रदेशमा लगानी गर्न आह्वान गरे । उनले लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

 इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले पु¥याएको योगदानको चर्चा गर्दै शिविर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने बताए ।

इन्ट्रा फाउण्डेशनका संस्थापक डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकजुट गराउने उद्देश्यका साथ इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको स्थापना भएको बताए ।  विश्वमा जहाँ–जहाँ नेपाली छन्, त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि इन्ट्रा फाउण्डेशनले काम गर्दै आएको बताए  ।