इन्डोनेसियामा एक व्यक्तिले आफ्नी प्रेमिकासँग धेरै धूमधामसँग बिहे गरेका छन् । पहिलो नजरमा प्रेममा परेपछि उनले युवतीलाई प्रपोज गरेका थिए । तर बिहे भएको १२ दिनपछि मात्रै नवविवाहित श्रीमती नभै पुरुष भएको पत्तो पाएका छन् ।
ओडिटी सेन्ट्रलको रिपोर्टका अनुसार २६ वर्षीय एक युवकले आफूलाई दुलही भनी घर ल्याएको व्यक्ति वास्तवमा केटा भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
उक्त व्यक्तिले उनलाई इन्टरनेटमा भेटेको बताए । केही दिन एकअर्कालाई अनलाइन डेट गरेपछि दुवैले व्यक्तिगत रूपमा भेट्ने निर्णय गरे। ती व्यक्तिले केटीलाई देख्नेबित्तिकै पहिलो नजरमै माया गरेको बताउँछन् । यसपछि उनले विवाहको प्रस्ताव राखिन् । तर, त्यसबेला आफ्नो मंगेतरको बारेमा ती पुरुषलाई केही अनौठो लागेको थियो तर उनी प्रेममा डुबेकाले उनी पुरुष हुन् भन्नेमा शंका गरेनन् ।
युवतीले आफ्नो नाम अदिंडा कान्जा अजहारा बताइन् । उनी सधैं हिजाबमा थिइन् । हिजाबमा भएका कारण उनी लजालु जस्तो लागेर मानिसलाई उनको शैली धेरै मन पराएका थिए । तर,समस्या तब सुरु भयो जब उनले विवाह पछि पनि अनुहार लुकाइरहेकी थिइन् । यति मात्र होइन, उनी कसैको अगाडि जान पनि हिचकिचाउँथिन् ।
आफ्नी नवविवाहित श्रीमतीको यस्तो व्यवहार देखेपछि पुरुष रिसाए । त्यसपछि उनले अनुसन्धान गर्दा सत्य थाहा पाएपछि उनी छक्क परे । किनभने, जसलाई उनले अहिलेसम्म आफ्नो श्रीमती ठानेका थिए, त्यो वास्तवमा पुरुष थिए जसले उनलाई महिला भएको नाटक गरेर बेवकुफ बनाएका थिए । उक्त व्यक्तिको उजुरीका आधारमा ती पुरुष विरुद्ध मुद्दा दर्ता गरिएको छ । उनलाई ठगी मुद्दामा चार वर्षको जेल सजाय पनि हुनसक्छ ।



















