काठमाडौं, २९ असार : लोकसेवा आयोगको विज्ञापन रद्द माग सहित आइतबार साँझ देशभर मसाल जुलुस प्रर्दशन गरिएको छ । आन्दोलनको पूर्व निर्धातिर कार्यक्रम अन्तरगत आइतबार काठमाडौं उपत्यका सहित देशभरका जिल्लाहरुमा मसाल जुलुस प्रर्दशन गरिएको हो ।
निरन्तरको वर्षाकोबीच पनि ‘आरक्षण बचाऔ आन्दोलन’को आह्रवानमा असारे झरीमा रुझ्दै मसाल जुलुस प्रर्दशन गरिएको हो । काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालियो ।
आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकाले ।
गत जेठ १५ गते ५ सय १५ वटा स्थानीय तहका लागि लोकसेवाले झन्डै ९ हजार पदको विज्ञापन गरेको थियो । संवैधानिक प्रावधानअनुसार आयोगले विज्ञापन गर्ने कुल सीटमध्ये ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत आरक्षणलाई शत प्रतिशत मानेर विभिन्न समूहअनुसार कोटा निर्धारण गर्नुपर्ने हुन्छ । तर, लोकसेवाले त्यस विपरित विज्ञापन खुलाएको थियो ।
२७ जेठ २०७६ मा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदैँ विज्ञापन तत्काल रद्द गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको हो ।
समितिले प्रदेश र स्थानीय तहको कार्यक्षेत्र, आवश्यकता, विशिष्टता, अपनत्व र पूर्ण सहभागितामा प्रदेश एवं स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी सङ्ख्या यकिन भएपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रचलित कानून बमोजिम रिक्त पद पदपूर्ति गर्न सबै प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
तर, न्यायाधीशहरू हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बुधवार विज्ञापनविरुद्ध परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै लोक सेवाको बाटो खुला गरीदिएको थियो ।
यो सँगै अदालतले समेत संबिधानको मर्म विपरित आदेश दिएको भन्दै बिरोध जारी छ ।पछिल्लो समयमा लोकसेवाको निष्पक्षतमा नै प्रश्न उठेको छ । अठसट्ठी वर्षको इतिहासमा उसको निष्पक्षतामाथि प्रश्न उठेको हो । नयाँ पेजबाट



















