काठमाडौँ । ललितपुरको खोकनामा चोरीको घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको मौका पारी चोरी गर्नेहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा स्थायी घर भइ जिल्ला ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने कमल थापा मगर, सोहि ठाउँका धनलाल थापामगर, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ बतासे स्थायी घर भई काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने सुवास सुनार र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ शिखरपुर स्थायी घर भई काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित सुन–चाँदी पसल सञ्चालन गरी बस्ने रेशम विक पक्राउ परेका हुन् ।

gold 1

अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूसँगै चोरीका सामानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको जनाएको छ । त्यस्तै चोरी भएकामध्ये आइफोन मोबाइल किनबेच गर्ने काठमाडौँ जिल्ला टोखा नगरपालिका–३ स्थायी घर भई काठमाडौँ महानगरपालिका–२२ न्यूरोड ताम्राकार कम्पलेक्सस्थित सेल फोन सेस्क्यु सेन्टरका सञ्चालक योगेश डाँगी र सप्तरीको सुरुगा नगरपालिका– २ स्थायी घर भई काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने मोहम्मद समिरलाई समेत अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुको सिक्री थान–१, रातो रङ्गको क्रिष्टलजडित सुन जस्तो देखिने धातु थान–१, बिभिन्न रंगका क्रिष्टलजडित सुन जस्तो देखिने धातुको रानीहार थान–२, बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान–५, बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान –४, बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान –४, रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान–१ र रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान–१ बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताए ।

रेग्मीका अनुसार रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान–१, सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान–३, सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान–२, सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान–२, सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान–४, सुन जस्तो देखिने पहेलो धातुको टप थान–२, सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान–२, चाँदी जस्तो देखिने पातलो पत्ता थान–३, बिभिन्न दरका नेपाली नोटहरू गरी जम्मा नेपाली रुपैयाँ २४ हजार ४२० र रेड्मी कम्पनीको रेड्मी–१२ स्क्रिन टच मोबाइल थान–१ पनि बरामद गरिएको छ ।

प्रहरीले बरामद गरेका सामानहरुको विवरण :

सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान–१
रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान–१
बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान–२
बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान–५ बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान –४ बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान –४
रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान–१ रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान–१
रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान–१
सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान–३
सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान–२
सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान–२
सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान–४
सुन जस्तो देखिने पहेलो धातुको टप थान–२
सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान–२
चाँदी जस्तो देखिने पातलो पत्ता थान– ३
बिभिन्न दरका नेपाली नोटहरु गरी जम्मा नेपाली रुपैया २४,४२०
REDMI कम्पनिको REDMI 12 स्क्रिन टच मोबाईल थान–१