बाग्लुङ, २० साउन । बागलुङको तमानखोलामा पहिरोले पुर्दा तीन जनाको ज्यान गएको छ भने दुई जना वेपत्ता भएका छन् ।
तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुर्दा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीय अन्ठारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।
पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । पहिरोले ९ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण बाग्लुङको तुरतुरे ताल समेत फुटेको छ । ताल फुट्दा मध्यपहाडी लोकमार्ग बगाएको छ । लोकमार्ग वगेपछि अहिले यातायात सञ्चालन ठप्प भएको छ ।



















