विराटचोक— सुन्दरहरैँचामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनौट कार्यक्रम सम्पन्न भएको छ । आइतबार नेपाल स्काउट कोशी प्रदेश अन्तर्गत सुन्दरहरैँचा स्काउट समितिले सुन्दरहरैँचा नगरपालिका -९ स्थित स्कलर्स होम इङलिस स्कुलमा छनौट कार्यक्रम गरेको हो ।
छनौटमा शिक्षा निकेतन स्काउट दलकी एलिसा पौडेल प्रथम,सिद्धार्थ स्काउट दलका अर्विनसेन योन्जन द्वितीय र सिद्धार्थ स्काउट दलकी अनुष्का न्यौपाने तृतीय भएका छन् ।
प्रथम हुने स्काउटलाई विश्व शान्ति दीवसको अवसरमा हुने प्रदेस स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी गराइने सुन्दरहरैँचा प्रमुख आयुक्त मनोज कार्कीले जानकारी दिए । कार्यक्रममा ६ वटा ट्रपबाट ११ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे,बेलबारी प्रमुख आयुक्त बादल देवान,स्कलर्स होम स्कुलका प्रिन्सिपल तिलक राई,सुकुना माविकी शिक्षिका धर्मकुमारी कालाखेती लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खाना तथा पुरस्कारको व्यवस्थापन सिद्धार्थ सेकेन्डरी विद्यालयले गरेको थियो ।


















