- उपेन्द्रकुमार यादव
सर्लाही—नेपाल रेडक्रस सोसाइटी सर्लाही जिल्ला शाखाको ४४औं महाधिवेशन शनिबार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। कार्यक्रममा पूर्वमन्त्री नागेन्द्र कुमार प्रमुख अतिथि रहेका थिए।
त्यसैगरी,रेडक्रस सर्लाही जिल्ला शाखाका पूर्वउपसभापति गोविन्द रायमाझी, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
महाधिवेशनको निर्वाचन प्रक्रियामा निर्वाचन समितिको संयोजकमा दीपक मिश्र र सहसंयोजकमा रामकिशोर पण्डितले जिम्मेवारी बहन गरेका थिए।
महाधिवेशनमा नयाँ कार्यसमितिका लागि भएको चुनावमा नागेन्द्रप्रसाद चौधरीको प्यानलले विजय प्राप्त गरेको छ। चौधरीले सभापति पदमा १२० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी हरिकान्तलाल कर्णले ३६ मत मात्र प्राप्त गरे।
कार्यसमितिको उपसभापतिमा शेश सहदूला, महिला उपभापतिमा भवानी कोइराला, महामन्त्रीमा राजन सिंह, उपमहामन्त्रीमा ऋषि शर्मा र कोषाध्यक्षमा शम्भुनारायण कुसवाहा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सत्यनारायण राय यादव, प्रमिला देवी, सौदिपा जैसवाल, रमा चालिसे, उतमराज शर्मा, इन्द्रकान्त यादव, पीताम्वर महतो, कमल मैनाली, गोविन्द पासवान, जोगेन्द्रप्रसाद साह निर्वाचित भएका छन् ।
नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि शुभकामना दिदै रेडक्रसको लक्ष्य र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि यो नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
नागेन्द्रप्रसाद चौधरीको प्यानलले लगातार यो पटक गरी चौथो पटक सम्म जितहासिल गरेको जानकारी प्राप्त भएको छ ।




















