विराटचोक—मोरङको सुन्दरहरैँचानगरपालिका-१२ मा अवस्थित सुकुना बहुमुखी क्याम्पसले एकैपटक प्राविमा स्थायी शिक्षकमा नाम निकालेका २५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा शुभकामना दिदैँ खदा लगाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको उत्कृष्ट शैक्षिक गुणस्तर र विद्यार्थीहरूको लगनशीलताले नै यो सफलता सम्भव भएको बताए।

त्यसैगरी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले विद्यार्थीहरुको निरन्तरता यस्तो सफलताले सुकुना बहुमुखी क्याम्पसले आफ्नो प्रतिष्ठा थप उच्च बनाएको कुरा व्याक्त गरे । 

यो पनि पढ्नुहोस- सुकुना क्याम्पसकी विद्यार्थी बनिन नेपालकै कान्छी शिक्षक

सम्मान कार्यक्रममा सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, प्राध्यापक विदुरप्रसाद सुवेदी र स्ववियु सभापति सन्तोष लिम्बूको पनि उपस्थिति रहेको थियो । 

गत वर्ष सुकुना क्याम्पसका दुई विद्यार्थीहरू, लेकीडोमा तामाङ र रविन राई, नेपालकै कान्छा शिक्षक बन्न सफल भएका थिए। यी उपलब्धिहरूले सुकुना क्याम्पसलाई देशकै उत्कृष्ट शिक्षक उत्पादन गर्ने शैक्षिक संस्थाको रूपमा स्थापित गरेको छ।

सुकुना बहुमुखी क्याम्पसले शिक्षाको माध्यमबाट समाज रूपान्तरण गर्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै, विद्यार्थीहरूलाई सफलताको शिखर चुम्न सक्षम बनाइरहेको छ। 

यो पनि पढ्नुहोस-सुकुना क्याम्पसका अर्का विद्यार्थीपनि बने नेपाल कै कान्छो शिक्षक