काठमाडौं—अमेरिकामा ग्रिनकार्ड बनाएर बसोबास गर्दै आएका ६ जना भुटानी शरणार्थी पक्राउ परेका छन्। मार्चको पहिलो दुई हप्तामा पेन्सिलभेनियामा बसोबास गर्ने ६ जना भुटानीलाई पक्राउ गरिएको हो।

पाँच जना डाउफिन काउन्टी र एक जना कम्बर्ल्याण्ड काउन्टीबाट पक्राउ गरिएको छ। पक्राउका कारण खुलाइएको छैन, तर केही पुरुषलाई आपराधिक घटनामा संलग्न भएको आशंका गरिएको छ।

आइसीईका एजेन्टहरूले मार्च ९ मा अशोक गुरुङलाई ह्यारिसबर्गबाट पक्राउ गरेका थिए। अशोक गुरुङलाई जर्जियामा तीन वर्ष जेल सजाय पनि सुनाइएको थियो।

पक्राउ परेका शरणार्थीका परिवारले उनीहरूलाई भुटान फर्काइने चिन्ता व्यक्त गरेका छन्।