मोरङ्ग । मोरङ्गको उर्लाबारी –६ मा रहेको पाठशाला कृषि सहकारी संस्था लि.ले अर्गानिक सागसब्जी लगाएर उदाहरणीय कार्य गरेको छ ।
बिषादी युक्त सागसब्जी बिदेशबाट आउन सरकारले रोक लगाई रहेको अवस्थामा स्वदेशमै अर्गानिक उत्पादन गरेर अत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश फैलाउन यो अभियान थालिएको संस्थाका सचिव कृष्ण प्रसाद सिवाकोटीले बताएका छन् ।

करिब साढे ४ बिगाहा जमिन बार्षिक डेढ लाख रुपैया“मा ५ बर्षका लागि भाडामा लिएर सुरु गरिएको सब्जी खेतीमा अहिले बिभिन्न सागसब्जी उत्पादन हुन सुरु भएका छन् । बिषादी युक्त सागसब्जीले मानव स्वास्थ्यमा नराम्रो प्रतिकुल असर पु¥याई रहेको समयमा अर्गानिक उत्पादन गरेर स्थानीयहरुलाई भान्सामा बिषादी भित्र्याउन नपर्ने भएको छ ।

केही बर्ष अघिसम्म का“स फूलेर सेताम्मे हुने मावा खोला किनार अहिले लहलहाउँदो सागसब्जीले हरियाली भएको छ । परिश्रम गरेमा स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण अहिले स्थानीय पाठशाला कृषि सहकारी संस्था लि. परिवारले मावा खोला किनारलाई प्रमाणित गरी देखाई दिएका छन् ।

स्वदेशमा आम्दानीको बाटो नदेखेर बिदेशै जानुपर्छ भन्ने र उत्पादन केही हुँदैन भन्ने मानसिकता तोड्न सुरु गरिएको खेतीमा अहिले बोडी, का“क्रा, घिरौंला लगायतका उत्पादन सुरु भएको छ भने करेला, भिण्डी, टमाटर, मूला, रायो, धनिया“, पर्वल, सिमी, पोथ्रे बोडी, खोर्सानी लगायतका बिरुवा लगाउने र गोडमेलको काम भइरहेको संस्थाका उपाध्यक्ष बाजाहाङ्ग राई बताउँछन् । सागसब्जी लगाएर परनिर्भरता कम गर्न सकिन्छ र भान्सामा बिषादी छिर्नबाट प्रतिबन्ध लगाउन यो कार्यले सघाउ पु¥याउने संस्थाका कोषाध्यक्ष कृष्ण कुमार अधिकारी बताउँछन् ।

उक्त कार्यलाई हौसला बढाउन उर्लाबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा जमीन जोत्ने पावरट्रेलर र सिंचाईका लागि ५० हजार रुपैयाँमा बोरिङ्गको ब्यवस्था गरिदिएको छ । त्यस्तै उर्लाबारी वडा नं. ६ बाट १ लाख रुपैया“ अनुदान बाहेक अन्य क्षेत्रबाट सहयोग नपाएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद खतिवडाको भनाई छ ।

कृषि पेशालाई बढावा दिन नेपाल सरकारले बिभिन्न शीर्षकमा ठूलो अनुदान दिई सहयोग पु¥याउँदै आएको भएपनि वास्तविक किसानले नपाएर पहु“च वालाले सबै अनुदान र सुबिधा लिएको समितिको ठहर छ । जवसम्म यो सरकारकोे अभियान वास्तबिक किसानस“ग पुग्दैन, तब सम्म नीतिमै मात्र अभियान सिमित रहने किसानहरुको भनाई छ ।

नेपाल सरकारले ल्याएको लक्षित कार्यक्रम वास्तबिक किसानसंग नपुगी मिले–मतोमै सकिने गरेको सर्बसाधारणले आरोप लगाएका छन् । कृषिप्रधान देश भएर पनि प्रतिकुलताका कारण मुलुक अहिले खाद्यान्नका लागि पर निर्भरता बढ्दो छ । पाठशाला कृषि सहकारी संस्था लि.ले समेत अझै ठूलो मात्रामा खेती गरी उत्पादन बढाउन कृषि बिकास बैंकमा ऋण माग गर्न जा“दा समेत बिभिन्न बहानामा ऋण नपाएको अध्यक्ष खतिवडाको दुखेसो छ । यस संस्थाले अर्गानिक सागसब्जी लगाएर उदाहरणीय कार्य गरेर सबैलाई सन्देश फैलाउने काम गरेको छ ।