- बद्री अर्याल

सलकपुर,२ फागुन । मोरङको सुन्दरहरैचा ८ स्थित ब्राइट फ्युचर  उच्च माध्यमिक स्कुलको सिङ्गिङ एण्ड डान्सिङ आइडल सिजन थ्रीको फाइनल सम्पन्न भएको छ । बिद्यार्थीहरुको अन्तरनिहित कला र प्रतिभाको पहिचान तथा सम्मानका गर्नेे उदेेश्यका लागी संंचालन हुदैैआएको   सिङ्गिङ एण्ड डान्सिङ  सिजन थ्रीको आज फाइनल     सम्पन्न भएको हो   ।

86293755_1297808063737760_129631523266625536_o

प्रतियोगितामा  गायन तर्फबाट  जुनियरको आइडलमा प्रथम  शिखा पौडेल, दृतिय रोजमेरी राई र तृतीय इशान घिमिरे भए भने सिनियर तर्फको आइडल प्रथम अश्मित धमला, दृतिय रितिका राई र तृतीय सचित दाहाल भएका छन् ।त्यसैगरी नृत्य तर्फ जुनियरको आइडल प्रथम विकिशा खरेल बनेकी छिन् भने दृतिय श्रिष्टी लामिछाने र तृतीय सायना ढकाल भएका छन् । त्यस्तै सिनियर तर्फको आइडल प्रथम  सभम राउत, दृतिय रितिका राई र तृतिय दिक्षा ढकाल बनेका छन् ।

आइडलको निर्णायक भुमिकामा गायन तर्फ गायकद्वय भिम बस्नेत र निशा कार्की थिए  भने नृत्य तर्फ नृत्यकारद्वय देवराज खड्का र बिमल नेपाल थिए  । बिजेता प्रतियोगीहरु लाइ कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझाले ट्रफी र प्रमाणपत्र बितरण गर्दै  भोलिको भविष्य बोकेका साना नानीहरुलाई हरेक रुपबाट सशक्त बनाउनु पर्ने बताए ।

ब्राइट फ्युचर सेकेन्डरी स्कुल सुन्दरहरैचाले आफ्ना बिद्यार्थीहरुको चौतर्फी बिकासमा जोड दिदैँ आएको र सैद्धान्तिक ज्ञानले मात्र बिद्यार्थी पुर्ण नहुने हुँदा प्राविधिक एवम् ब्याबहारिक शिक्षामा जोड दिने स्कुलका प्रिन्सिपल टीका ढकालले बताए ।   प्रिन्सिपल टीका ढकालको अध्यक्षतामा सन्चालन भएको आइडलको सिजन थ्री समापन कार्यक्रम प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, संगीतकार जेबि थुलुङ, गायक साजन राई, भिम बस्नेत, नृत्यकार राजु बस्नेत लगायतको उपस्थिति  रहेको थियो ।

86629500_1297808193737747_3233941405579608064_o 2 84839640_2570719439717590_7373238359260397568_n 85176897_2570718379717696_3409616992599015424_n 86831266_2570718136384387_997371391307153408_n