काठमाडौं, ११ भदौं । केहि दिनयता लगातार ओरालो लागिरहेको सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ ।

आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।